सोधेँ प्रश्न सभासदलाई महाकालीको खबर ।
सुनाउन थाल्यो उसले कान्छीसालीको खबर ।
घुसतन्त्रले देशको रङ्ग,उजाडियो नि भने,
सुनाउन थाल्यो उसले दल्नेलालीको खबर।
बगाएछन् बाटोघाटो पुलपुलेसा त भने,
सुनाउन थाल्यो उसले भाषणतालीको खबर ।
दीन दुःखीका भाँडाकुँडा घैला फुटे’रे भने,
सुनाउन थाल्यो उसले सुनाँथालीको खबर ।
नयाँ नेपाल बनाउँने पुर्वाधार के हो सोधेँ,
सुनाउन थाल्यो उसले हर्केमालीको खबर ।
२२ डीसेम्बर २०१० / ७ पौष २०६७
इन्द्रेणीपोखरी ३ खोटाङ्ग
हाल – हङ्गकङ्ग
८५२-६३४०७०१४
http://bnchamling.blogspot.com/
