Skip to content

पिउनु नै के ?


पिउनु नै के पानी मिसाई पिएपछि सराब
अलिकति अलिकति लिएपछि सराब

पिए भने बोतलभित्रै घुले पो त मजा
किन पिउने आधै होसमा जिएपछि सराब

किन पिउँछ्स्? नसोध ए मन! तलाई पनि था’ छ
निश्ठुरीले चोटैमा चोट दिएपछि सराब

उसै भिजेको’थ्यो जीवन आँसु भेलमा डुबी
अझ च्यात्यौ अनि मैले सिएपछि सराब

रात ढल्दै ढल्दै गयो रित्तिंदै थे गिलास
पहिला म “टेकु” नै थें’ थिएपछि सराब

1 thought on “पिउनु नै के ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *