एक एकको नाउँ, सुरक्षित छ मसँग
सबले देको घाउ, सुरक्षित छ मसँग
ज-जसले चोट दियो, मलाई गनिगनी
ती सबको भाउ, सुरक्षित छ मसँग
सुनारको सय चोट, लोहारको एक चोट
तह लाउने ठाउँ, सुरक्षित छ मसँग
तिम्ले लाको काँडेबार, उछिन्दै अघि बढ्न
साहसी जोर पाउ, सुरक्षित छ मसँग
सुवास लाई सिध्याएँ, भन्ने भ्रम नपाल
ठीक पार्ने दाउ, सुरक्षित छ मसँग ।।
बन्दपर्खाल, काठमाडौं
मधुपर्क २०६७ चैत
