Skip to content

बहारसँगै उड्यो मन

  • by


बहारसँगै उड्यो मन किन थाम्दैन
पलपल तिम्रो याद आयो यो मन मान्दैन
बहारसँगै उड्यो मन किन थाम्दैन ?

चाँदनी रातमा जुनको किरणसँगै तिमी आई
न्यानो स्पर्स देऊ
संगीतको मधुरो सरगम बनी जीवनमा
राग नयाँ सजाऊ
पलपल तिम्रो याद आयो यो मन मान्दैन
बहारसँगै उड्यो मन किन थाम्दैन ?

सागर झैं गहिरो नदी झैं कलकल तिम्रो माया
बग्यो प्रीत बनी
हरियाली मौसम रिमझिम वर्षा भै आयो
वसन्त ऋतु बनी
पलपल तिम्रो याद आयो यो मन मान्दैन
बहारसँगै उड्यो मन किन थाम्दैन ?

शब्द, संगीत – अनिल शाही
स्वर – सुनीति अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *