Skip to content

मै छोरी सुन्दरी

20110409_SuryaChemjong_Song


हिउँ जस्तो रुप मेरो, मै गोरी सुन्दरी
हिमालय पर्वतकी, मै छोरी सुन्दरी

नागबेली चाला मेरो, ओठ गुलाबको
मृग जस्तै आँखा मेरो, बैँश गुराँसको
जोवन फुल्यो पहेँलै, मै तोरी सुन्दरी
हिमालय पर्वतकी, मै छोरी सुन्दरी

मेरो रुप देखी फूल, फुल्न छोडेको छ
भमराले बगैचामा, डुल्न छोडेको छ
संगी भन्छन मोहिनी, मै मोरी सुन्दरी
हिमालय पर्वतकी, मै छोरी सुन्दरी

1 thought on “मै छोरी सुन्दरी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *