सानी सानी हाम्री नानी कति धेरै ज्ञानी
पानीलाई माया गर्ने कस्तो राम्रो बानी !
‘फारो गर्न पर्छ’ भन्छिन् जीवन दिने पानी
मिलिजुली प्रयोग गर्न पर्छ भन्छिन् नानी ।।
नदी सुके खेला सुके सुक्दै हाम्रा पानी
पानी प्रयोग गर्न जान्ने सबै मान्छे ज्ञानी ।
हातमुख गोडा धुन चाहिने सधैँ पानी
खेर जान दिनुहुन्न कहिल्यै जानाजानी ।।
पानी नभै छैन ज्यान नत रूख-पात
ज्ञानी नानी बुझ्छिन् अब यस्ता ज्ञानी ‘बात’ ।
हर-गंगे हर-गंगे पानीमा नै मज्जा
जहाँ पानी त्यहीँ हुने सुग्घर साज-सज्जा ।।
मुना २०६७ चैत
