Skip to content

दुई मुटुको मेल


तिम्रो मुटु मेरो मुटु एकै ठाउमा राखौं, हुन्न ?,
दुई मुटुको मेलपछि संसारलाई हाकौं, हुन्न ?।

दिन बित्यो महिना बित्यो थाहै नपाई बित्यो साल,
अब भने बिचार गर मन गाठो पारौं, हुन्न ?।

अब भने कुर्दिन भो थाकिसकें गलिसकें,
महल हैन तिमी र म झुपडी नै सजाऔं हुन्न।

चाहिन्न भो ठुला महल सुहागरात मनाउन,
झुपडी नै काफी हुन्छ त्यसैमा नै रमाऔं, हुन्न।

दुई मुटुलाई एउटै पारी सगै जिउने बाचा गरौ।
एकै धड़कन एकै मुटु एकै स्वास फेरौं, हुन्न।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *