बग्यो गण्डकी
डुबेछ कि सरुमै रानी तालमा जिन्दगी !
परेछ कि जुवाडेको खालमा जिन्दगी !!
फूलहरू फुल्दा पनि मुस्कुराउने चाह छैन
गह किन छचल्किन्छ आँफैलाई थाह छैन !
बग्यो गण्डकी
डुबेछ कि सरुमै रानी तालमा जिन्दगी !
बिछोडको आँसुले भिजाई दियो खुशी सारा
आँफैलाई बिर्सिएर हिंडेछु म टाढा टाढा
बग्यो गण्डकी
डुबेछ कि सरुमै रानी तालमा जिन्दगी !
