तिम्रो चाहिन्न केही हाँसेर बोली दिए
मनका सारा कुरा तिमीले खोली दिए ।
हुँदैन भन्छौ भने कस्लो पो के लाग्छ !
सन्चो हुन्छ मेरो मुटु बरु पोली दिए ।
देवी देवता धेरै भाके तिमी पाउँछु भनी
के पुरा हुन्थ्यो फोहोर पानी फाली दिए ।
प्रेममा त सबै चिज जायज हुन्छ रे
खाइदिन्थें तिमीले निन्द्राको गोली दिए ।
आकांक्षा, आसा अझै छन मनमा मेरो
बसी पर्खन्छु तिमीले मिठो भोलि दिए ।
अस्तु:
नाम : बिबेक दुलाल छेत्री “दमक”
वास्तविक नाम : भानु भक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यु ए ई
