सबैले दिने उस्तै हुन्छ माया
तर म नौलो प्रीत दिन्छु
तिमीलाई नै सम्झी, सम्झिरहेको
मुटुभरिको चोखो गीत दिन्छु
भन्दिन म तिमीलाई
टिपेर आकाशको जुन दिन्छु
बरु गीत आकाशमा सधैं गुन्जिरहने
यही गीतको मिठो धुन दिन्छु
भन्दिन म तिमीलाई
जिन्दगीभरि नै साथ दिन्छु
बरु म आकाशमा सधैं खेलिरहने
यही गीतको न्यानो भाव दिन्छु
शब्द – सुरेन्द्र राना
स्वर – तारा थापा
संगीत – राम थापा
