Skip to content


मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती
रिसाउँदा झनै राम्री रिसाइदेऊ न बिन्ती

गुलाबी ती गालाभरि अँझ लाली छाओस्
आँखाभरि जवानीको नशा सल्बलाओस्
अर्धमौन ओठहरू फुकाइदेऊ न बिन्ती
रिसाउँदा झनै राम्री रिसाइदेऊ न बिन्ती

बादलु ती केशहरू हिमालमा छर्दै
हृदयमा कुल्छ्यौ तिमी बाहिर आँखा तर्दै
यस्तो कला मलाई पनि सिकाइदेऊ न बिन्ती
रिसाउँदा झनै राम्री रिसाइदेऊ न बिन्ती

शब्द – कृष्ण हरि बराल
स्वर – रविन शर्मा
संगीत – राम थापा
एल्बम – रिसाइदेऊ न बिन्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *