खुशी
मेरा चिना कुपन देखाइदेऊ
साचो जति सबै नै लेखाइदेऊ
म यसै पनि दुखी ठहरिएँ
एक अंगालो खुशी बोकाइदेऊ।
नयाँ साल
हेर त मान्छेको यो ताल
इमानमाथि पर्यो प्वाल
क्यलेन्डरले के छोपिन्थ्यो
तर भित्रियो नयाँ साल।
वास्तविक नाम : भानुभक्त दुलाल
साहित्यिक नाम: बिबेक दुलाल छेत्री “दमक”
दमक्, झापा, नेपाल
हाल: अबुधाबी, यु ए ई
