आज कस्तो चोट लाग्यो पराईलाई आफ्नो ठान्दा
मनभित्र शूल गड्यो टाढाकोलाई नजिक मान्दा ।
दुध पिलाई पालेकीथेँ उस्को जीवन बाँचोस् भनी
तर बिष् पो ओकल्यो नि मैले मान्छे भनी जान्दा ।
बुढापाका भन्ने गर्थे नजिकको भूत नै राम्रो
बल्ल आज ठेस लाग्यो मुटुभित्र शोला हान्दा ।
नजिकको तीर्थ हेला भन्ने उखान सत्य भयो
को आफ्नो हो को बिरानो अल्मलिंदै आफ्नो छान्दा ।
आफ्नोलाई बैरी ठानी अर्कालाई मुटु दिँदा
आज आफू भूईंमा गिरे बैगुनीको हात तान्दा ।
(रचना – मे/ २/ २०११)
