बसन्त बनी आयौ तिमी जिन्दगीमा
बहार बनी छायौ तिमी जिन्दगीमा
डुबेको थेँ आँशुभित्र हाँस्न सिकायौ
हारेको थेँ जीवनदेखी बाँच्न सिकायौ
खुशीयाली भै आयौ तिमी जिन्दगीमा
बहार बनी छायौ तिमी जिन्दगीमा
अन्धकारको गोरेटोमा दीप जलायौ
जीवन दिने अमृत बनी तिमी सल्बलायौ
मुस्कान बनी आयौ तिमी जिन्दगीमा
बहार बनी छायौ तिमी जिन्दगीमा
दीप्स शाह
रचनाकाल: २०५७/०७/२५
