Skip to content

अब त साँचै बुढो पो भएछु (सेलो)


फूलै फुल्यो टुप्पैमा मैच्याङ्
टिपौं भने सकिन्न,
अब त साँचै बुढो पो भएछु
तरुनी कोही फकिन्न ।

हिजो सम्म लाइन लाग्थ्यो
सबैले मलाई राजा भन्थ्यो,
तर्केर कतै जना खोजे
मर्छु म काले आज भन्थ्यो ।

खोज्दा पनि भेटेन मैच्याङ्
हेर्दा पनि देखेन,
कुन चाहिं ग्रह लाग्यो मलाई
कसैले पाइला टेकेन ।

भन्न त भन्थ्यो ज्योतिसले
सत्ताइस् काट्दा सारो छ रे
धन सम्पति त त्यस्तै हो अरे
कन्या पाउन गारो छ रे ।

हुन त विश्वास गर्दिन मैच्याङ्
ज्योतिस-झाँक्री धामीको
फाइदा भए राम्रो छ भन्छन
नत्र प्रतिगामीको ।

राजेश रुम्बा लामा “अतृप्त”
०६-०५-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *