Skip to content


बाढी आएपछि बाध्यतावस खोला
किनाराका पशुपंक्षीहरू बसाईं सर्छन तर
हामीहरू पशुपंक्षीहरू जस्तो उन्मुक्त
स्वतन्त्र कहाँ छौं
पिंजडा अदृष्य छ
जसलाई सहर्ष पानी सम्झी पिउनु छ ।
हाम्रो जीवनमा जतिसुकै कहाली लाग्दो
बाढी किन नआओस
पशुपंक्षी जस्तो
बसाईं सर्न सक्दैनौं
अहँ कदापि सक्दैनौं
जीवन किनाराबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *