Skip to content

हाम्रो आस्थाको रीति नटुटोस्


हाम्रो आस्थाको रीति नटुटोस्
युगौंदेखिको थिति नटुटोस्

जन्जिर टुटोस्, सब पीर टुटोस्
स्वतन्त्रताको मिति नटुटोस्

सबै जात जाति, वर्ण वीचको
पवित्र हाम्रो प्रीति नटुटोस्

कहिल्यै डग्दैन, डढ़दैन सत्य
त्यसैले सत्य नीति नटुटोस्

नटुटोस् हाम्रो सुरम्य संस्कृति
नेपाल, तिम्रो कीर्ति नटुटोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *