Skip to content

लहरो बोल्छ शान्ति


लहरो बोल्छ शान्ति!
छहरो बोल्छ शान्ति!!

मेरो अनन्त दु:खको
टहरो बोल्छ शान्ति!

प्यारो पवित्र धराकै
यो गरो बोल्छ शान्ति!

वन, पाखा र पखेरो
पहरो बोल्छ शान्ति!

धन्य सधैं यो जनता
विचरो बोल्छ शान्ति !

1 thought on “लहरो बोल्छ शान्ति”

Leave a Reply

Your email address will not be published. Required fields are marked *