Skip to content


काँडाहरू बिज्दैछन यी पाइलाहरूमा
हिंडिरहेछ यी पाइला अन्नतमा
मन लाग्छ एक क्षण रोकी काँडा निकाल्न
पाइला हिड्दैछ आफ्नो लक्ष्य पाउन

आँखाहरूले देखिरहेछ अनन्तमा लक्ष्य
हातहरूले टिप्न खोजिरहेछ
ओहो सकिन टिप्न ती लक्ष्य
यसको लागि पाइला अधि बढिरहेछ

पेटले भन्दैछ भोक लाग्यो खान देऊ
खुताले भन्दैछ थकाइ लाग्यो एक क्षण त रोक्न देऊ
मस्तिकले भन्दैछ अब त सक्दिन आनन्द देऊ
पाइलाले भन्दैछ लक्ष्य पाउनु छ अघि बढ्न देऊ

टल्ल घाम चर्किरहेछ
पसिना टाउकोबाट बगिरहेछ
बग्दा बग्दै ती पसिना त
खोलो सरी हुन पुगेछ

हिड्दा हिड्दै खुट्टा टक्क रोकिएछ
छातीले लामो सुस्केराएछ
आँखा निदाई दिएछ
मस्तिक आनन्द निद्रामा सुतेछ

क्षण पश्चातको समय पछि
लक्ष्य भेटे आफ्नै माझ
बधाई दिए मेरौ संगी
धन्यबाद छ पाइला तिम्रो साथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *