जब जिन्दगीको भार फूलजस्तो थियो

  • by


जब जिन्दगीको भार फूलजस्तो थियो
मेरो पनि अनुहार फूलजस्तो थियो ।

टुट्ने मुटुकै दोष मानियो यहाँ
धोका दिनेलाई प्रहार फूलजस्तो थियो ।

कोही खासको पर्खाइमा हुनुपर्छ उनी
आज उनको शृंङ्गार फूलजस्तो थियो ।

जीवन गुमाएका शहीद आत्मा भन्दै थिए–
देशको लागि तरबार फूलजस्तो थियो ।

समयले ढुङ्गा बनाएको हुनुपर्छ पक्कै
कुनैदिन यो गजलकार फूलजस्तो थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *