छट्पटिदै देश मलाई बोलाउँदै छ
पौराखी मेरा हात बिना धानका बाला झुलाउन नपाउँदा
खेतका गराहरू बिलाउन गर्दैछन् रे
र्झिना हुदैँ मेरा गुम्बा, मन्दिर, मस्तिज र चर्च घरहरू
चर्किर्दै छन् रे ।
भत्किदै छन् रे सीमानाका पर्खालहरू
सुक्दै छन् रे खोला नालाहरू
पक्लिदै छन् रे
ती हाम्रा स्वर्गका शिर हिउँका चुचुरोहरू
मासिदै छन् रे
हरियो बन
अहँ! सुन्दैन भन्छन कोइली, न्याउलीका भाकाहरू
बटुवाको अभाबमा चौतारीका बर पिपल टोलौँदै छन् रे
लैबरीका तालमा घन्किने मादल खैचडी
सारंगी र बिनायो सुस्ताउँदै छन् रे
डम्फु बज्ने सेलो, रोदी नाच्ने सालैजो, कौढा र साकेला नाच्ने (साकेला सिली)
सोइढोले माथी -याप र ट्यापले
बलत्कारको प्रयास गर्दैछन् रे!
पाखा बारीभरि तोरीका फूलमा
गाउँदै नाच्दै लुकामारी खेल्ने
महुरीका हुल आकाशमा बतासिएर उड्दै
छन् रे
बेली चमेली, सुनगाभा र पारीजात फुल्ने ती पाखा
मौन छ रे
माने भाज्याङमा बास्ने त्यो तित्रा र तारे भीरमा खेली हिँड्ने
मृगहरू बसाई सर्दै छन रे
हाम्रा गहाना ती बनका कालीज भ्याकुर, बदेल
मृगाले नपुगेर ती नर पिचास सीकारीहरूले
हात्ती, गैडाका छावा र केटामाथि
तिखा बाण बर्सौदै छन रे ।
त्यति मात्र कहाँ होर ?
राष्ट्रिय जनावर लक्ष्मीका प्रतीक गाईको
गला रेट्दै छन् रे ।
त्यसैले त साथी देशले बोलाउँदै छ, र म जाँदैछु ।
जान्छौ भने तिमी नि हिँड, र प्रोतसाहन देऊ अरुलाई पनि देश फर्किन
मुठीभर सास र पाखुरीमा दम हुनिन्जेल रमेका छौ हामी यो दुर देशमा ।
अन्तत ः जहाँ जन्मेका थियौ त्यही अन्त्य हुनि निश्चित छ ।
यदि हामी यो अवस्थामा फर्केनौ भने
यदि हामी यो अवस्थामा फर्केनौ भने
देशले हामीलाई कहिले माफ गर्ने छैन
र हाम्रो आन्त्य हुँदा ती बन पाखा सौखमा
सुसाउने छैन
कोइली, न्याउली बिरहामा गाउने छैन
न त ती कन्चन हीमाल नै रुनेछन
दुई थोप्प आँशु खसाली
त्यसैले साथी म त जाँदैछु
जान्छौ भने हिँड
जान्छौ भने हिँड ।
राजेश रुम्बा लामा “अतृप्त”
चीतवान -१ बीरेन्द्रनगर
हालःदोहा कतार
फोन नं: ००९७४-७७१९२४२०
