सधैंभरि तडपाएर, राख्छौ मलाई किन?
कि त टाढा लैजाऊ मलाई, कि त लान्छु हिन ।
सुखशैल हेर्दिन म, तिमीले लान्छौ भने,
तिम्रो कसम छाड्छु संसार, तिमी जान्छौ भने ।
बाँच्ने रहर छैन मलाई, साँच्चै तिमी बिना,
कि त टाढा लैजाऊ मलाई, कि त लान्छु हिन ।
सधैंभरि…………
तगारो छ समाज हाम्रो, सोच्नु पर्छ अहिल्यै,
हाम्रो प्रीत फुल्ने भूमि खोज्नु पर्छ अहिल्यै ।
म माँग्दिन हिराको हार, न त सक्छु दिन,
कि त टाढा लैजाऊ मलाई, कि त लान्छु हिन ।
सधैंभरि…………
बनाउनु छ सुन्दर संसार, सबै बाँच्न सक्ने,
मानव सबै एक हो ठानी, सबै हाँस्न सक्ने
भोलि ढिला होला प्रीय, समय यही हो चिन
कि त टाढा लैजाऊ मलाई, कि त लान्छु हिन ।
सधैंभरि तडपाएर, राख्छौ मलाई किन?
कि त टाढा लैजाऊ मलाई, कि त लान्छु हिन ।
राजेश रुम्बा लामा “अतृप्त”
०१-०६-२००११
