Skip to content

के म बौलाएकै हो त ?


आज ऐठनले बिहानै उठेँ
अनि अनिँदोमै पत्रिका पढेँ
तर पचेन
किनकि कतै राजनिति भेटिन ॥

लौ बर्बाद!
सायद म बौलाएछु कि ?
मन्त्रीको आशीर्वाद
पत्रकार सन्चो भएछ कि ?

अनि कुरो बुझ्न बासी भात निलेर
दर्शन लिन मन्त्री मन्दिर गएँ
तर बाटोमै अचम्म परेँ
मन्त्रीले कुचो लाएको देखेर ॥

के म बौलाएकै हो त ?
के यो मेरै भ्रम हो त ?

9 thoughts on “के म बौलाएकै हो त ?”

  1. ठिस बुढा

    १४ लाईनमा
    सनेट – मेरो ठिस तरिकामा!

    म सिकारुलाई कमेण्ट दिनु होला!

    बाई!

  2. हो, ठिसजी ! बहुला नै बनिएला
    सिद्धान्तका कुरा कहिन
    सकारात्मक दिशातर्फ विचार मोडिएको छ
    राजनीति नलेखिएको पत्रिका हुनु र मंत्री आफैँ हातमा कुचो लिएर काम गर्न थाल्नु
    यी कुरा संभव देखेको भन्नु बहुलाएकै हो
    किनकि
    रूपचन्द्र विष्टहरू अझै जन्मिएका छैनन्

    रूपचन्द्रको सोच माथि देखेँ
    उनलाई बहुला भन्ने समाजका मान्छे हामी
    तपाईँलाई त्यो पागलको पगरी नगुथाई कसलाई गुथाउनू
    फेरि
    बहुला नबनी राम्रो साहित्य रचिन्न है कविजी
    मैले त थोरैमात्र बहुलादेखे

  3. ठिस बुढा

    नन्द लाल सर र मेरो बहुलापन…
    नमस्कार!
    मिठो शब्दहरु मुटुबाटै लेखिदिनु भो।

    साहित्यिक बहुला बन्न अझै बाँकि छु, कोशिस गर्दै छु।

    मुरि मुरि धन्यवाद!

    बाई!

  4. बहुला त देवकोटा भूपीहरू पो
    लेखनमा बहुला हुन त दमदार भावनालाई लिपिबद्ध गर्नुपर्छ

    देवकोटा भूपीहरू पागल कहलिए

    गम्भीरबहादुर लेखबहादुर पुन्य कार्कीहरू पागल कहलिएका छन् उदयपुर भूमिबाट
    त्यस्तो हुन आफ्नै लेखनमा सन्तुष्ट हुनसक्नुपर्छ
    म चै अहिलेसम्म मृत्यप्रतिक्षामा जोडदाररूपमा लागेको मात्र अनुभव गर्दै छु
    आफू आफैँ सन्तुष्ट छैन
    सचेत पाठकलाई सन्तुष्ट तुल्याउने कुरै आएन
    भोलि के होला
    त्यसको जवाफ लेख्न सकिएन
    0 कथा लेखनमा शैली खोज्दै छु

  5. सनेटका कुरा
    पहिलाकुरा नाममा नै बहुलठ्ठीपन देखिन्छ – ठीस बुढा, नन्दलालजीले भनी सक्नुभाकोछ नबहुलाइ कवि बनिँदैन । अझ बहुलाउँदै जानुस र अझ राम्रा राम्रा पाकल कविताहरू लेख्तै जानुस । शुभकामना ।

    सनेटको कुरा १४ लाइन मात्र भएछ अरू त आफ्नै ठीस पारा न हो कि कसो ?

  6. ठिस बुढा

    एकदेव अधिकारी ज्यूलाई धन्यवाद
    नमस्कार हुजुर !

    एकदेव अधिकारी ज्यू,
    मैले सनेट १४ मै जानको थिएँ। र, अन्य भए मलाई सिकारु ठानेर माफि दिनु होला है।

    हेहेहे…
    एकदेव अधिकारी सर ज्यू,
    मैले चलि आएको चलन चल्तिको पारालाई अलिकति २ हरफ मात्र बिगारेको छु – आफ्नोपन दिनलाई।

    आशा, गरेको छु हजुरहरुले यतिको बिगारेको ठिस्-पनलाई स्विकारिदिनु हुनेछ।

    मुरि मुरि धन्यवाद।
    हजुरलाई सुभसमयको कामना।

  7. १४ नै हो ।
    होइन हो ठीस जी, १४ भन्दा कम बढी हुन्छन भन्न खोजेको होइन । तपाइँको कवितामा सनेटको गुण मध्ये १४ लाइन मात्र अायो, अरू अाएन भन्न खोजेको हो ।
    धन्यवाद

  8. ठिस बुढा

    एकदेव अधिकारी ज्यूलाई धन्यवाद (#२)
    नमस्कार एकदेव अधिकारी ज्यू।

    हजुरलाई मुरि मुरि धन्यवाद।

    साँच्चै सिकारुनै छु, कृपया सनेटको गुणहरु सिकाई दिनु हुन बिनम्र अनुरोध गरेको छु।

    धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *