न बोल्न सकें न भन्न सकें

  • by


न बोल्न सकें न भन्न सकें
न तिमीभित्र म चल्न सकें

आगो बिनानै जीवन जलिरह्यो
न त केही गरी म निभ्न सकें

तिम्रो याद आउँदा पीडा बढी दिन्छ
न त पिउँदा तिमीलाई भुल्न सकें

यो कस्तो नशा हो झन बढेको छ
तिम्रो आशमा न त मर्न सकें

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *