माया दियौ साथ दियौ प्रशंसा गरौं कसरी
फराकिलो प्रेमको खाडल म भरौं कसरी ।।
यति धेरै प्रेमको मुल्य कसैले सोध्यो भने
धमिलो यो जीवनको भेल म तरौं कसरी ।।
मायाको आशामा तड्पिएर बसिरहेको म
पुरै जीवन बिताउने भरमा परौं कसरी ।।
तिम्रो साथमा अजम्बरी पाएको यो जीवन
मायाको प्यासमा तड्पिएर म मरौं कसरी ।।
यदि कसैको जीवनमा फूल बन्नु छ भने
कोपिला मै हाँगा भाँची अहो म झरौं कसरी ।।
सुवास उडिसकेको जीवनको आसा देखाई
तिम्रो जीवनबिच बहार छरौं कसरी ।।
