Skip to content

तेल थपी दिने भए


तेल थपी दिने भए, दियो बलिरहन्छ
अन्धकारलाई चिर्न, आफू जलिरहन्छ

त्यसरी नै मान्छेको पनि, साथ दिने भए
सुख-दु:ख यसै नि, जीवन चलिरहन्छ

पसिनाको धारा झारी, जोर हात खियाए
मेहेनतको फल, धर्तीमा फलिरहन्छ

फूलको त शत्रु हुन्छ, हामी मान्छे ढाडे हौ
मुक्का बिल्ला गर्नु पर्छ, शत्रु ढलिरहन्छ

यस्तै कुरा मनमा राखी, “अतृप्त” हिड्छ,
आउँछन शत्रु तर आफै छलिरहन्छ

राजेश रुम्बा लामा “अतृप्त”
०७-०६-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *