बोकेर अंगालोमा
जीवनका एक हुल विवशता
जीवनकै भीर उक्लिनुपर्दा
बढिरहेको श्वासप्रश्वाससँगै
चाल्दै पाईला लामा छोटा
गतिमान ढुकढुकीको बेगसँगै
अर्थहिन लक्ष्य प्राप्त गर्ने तत्परता
उभ्याएर आशाका अनन्त आलीहरू
रङ्ग खुइलिएका निस्सार आशाहरू
अवश्यम्भावी मृत्यु अघिका
दिनहरू टिप्दै झार्दै
चलिरहेछ मेरो यात्रा ।
यो कुनै नौलो यात्रा होईन
चिरपरिचित एकतमासको यात्रा हो
सिकन्दरले यही यात्रा गरे
बुद्धले यही यात्रा गरे
हिट्लरले यही यात्रा गरे
अरु थुप्रैले पार गरेको यो यात्रा
अनाम र वेनामहरूले गरेको यात्रा
जसले जसरी गरे पनि
यात्राको आदि र अन्त्य त उही छ
यो यात्राको हिसाबकिताबमा
जोड-घटाउ र गुणन जसरी गरे पनि हुन्छ
तर अन्तिम भाग गर्नु अवश्यभावी छ
भाग गर्दा आफ्नै अस्तित्व अरुलाई भाग लगाउनुपर्ने
यो नै यात्राको दु:खद पक्ष हो
अन्तिम भाग्य सबैको एउटै छ
त्यो क्रुर र कठोर छ
तर कटुसत्य यही हो मृत्यु अवश्यंभावी छ ।
बिना तामाङ
काठमाण्डौं

really,i like it MAJHERI.COM
really,i like it MAJHERI.COM