Skip to content

अचेल जमाना खराब छ


अचेल जमाना खराब छ गर्नु हुन्न भलाई यहाँ
बिगार गर्नेको जमात ठूलो भन्नु कल्लाई यहाँ?

न त भोक टर्छ, न त दु:ख ह,र्छ नारा र जुलुसले
बन्दैन संबिधान टायर बाली सडक गलाई यहाँ

जल्छ मुटु त्यसै वातावरणको प्रदुषणले गर्दा
भयो चिता जलाउन चाहिन्छ नबाल सलाई यहाँ

देश द्रोहीहरूलाई नै मिल्ने गर्छ सत्ता, भत्ता, कुर्सी
अत्याचारको बीज रोपेर बाँच्छन् राम जलाई यहाँ

देशमा शान्ति अनि सुरक्षा छिटो कायम गर भन्दा
औंला उठाई भन्छन् पख्लास चिनेको छ तँलाई यहाँ

गीता थापा (दोषी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *