आँशु झारी तिमी जाँदा बाटो हेरें मैले
सोसिँदैथें मेरै सामु, माटो हेरें मैले ।
अन्तिम पल हात चुमी टाढा भएपछि
बसेका ती डामहरू, टाटो हेरें मैले ।
कुना-कानी खोजी गरे कुन् झ्यालमा छौ कि
चुरी सुन्य हुँदा ढिकी, जाँतो हेरें मैले।
को नै छ र यो बेलामा कठै! मेरो भन्ने
नदेखिने आफैंभित्र, गाँठो हेरें मैले ।
प्रतिच्छेदित् किरणमा विम्व तिम्रो छैन
देखु मुख भन्दै तस्बिर्, साटो हेरें मैले ।
अन्त्यानुप्रास् बाँच्नु छैन अब निधो गर्दै
जीवन अन्त जलाइने, भाटो हेरें मैले ।
