मेरो बिन्ती आइदिनु
मिठो बोली बोलिदिनु
मोहनी त्यो लगाई जाने
मेरो मुटु चोरी जाने
हेरिरहुँ लाग्नेलाई
मेरो मुटु चोर्नेलाई
आँखा चिम्ली निम्तो दिउँला
ढोका खोली लुटाई दिउँला
त्यो मुटुमा ठाँउ भए
मेरो जस्तै हाल भए
जिन्दगीको घामछाँया
एक्लै काट्न गार्हो भए
मेरो साथी भइदिनु
मिठो भाव पोखिदिनु
नजर जुधाई हेरिदिनु
मेरो हात थामिदिनु
त्यो मुटुमा ठाँउ भए
मेरो जस्तै हाल भए
भोलि जहाँ जसो होला
सँगै हिँडे सबै कट्ला
त्यो मुटुमा ठाँउ भए
मेरो जस्तै हाल भए

सच्चयाईदिनु भएकोमा धन्यवाद !
सहयोग गरिदिनु भएकोमा धेरै धेरै धेरै धन्यवाद !
गिति कवितामा राखि दिनु भो, सच्चयाईदिनु भो !
अनि म सिक्दै छु ।
धन्यवाद !
बाई !
विचार मिले जे पनि हुन्छ
त्यत्तिकै दुई मुटु एक प्राण भनेको होइन
तसर्थ
सँगै जिउन पाए
साथ भेटे सबथोक मिल्दछ
ठिसजी
जदौ
मनको ताल्चा र बिचारको चाबि… नन्दलाल सरलाई
नमस्कार !
नन्दलाल सरको बुझाई गहिरो छ, सुन्दर छ र सत्य छ ।
“दुई मुटु एक प्राण” हुनलाई मनको ताल्चा सँग बिचारको चाबि मिल्नु पर्ने होकि ?
सिक्दै छु ।
धन्यवाद
अनि बाई अर्को पल्ट सम्मलाई
सबै नै सिक्दै छौँ ठिसजी
नमस्ते
अब यही नाम र विचार प्रिय लाग्न थाल्यो
मेरो मनको तालामा हजुरको चावी मिलेजस्तो छ माथिको विचारमा
पक्कै कटु यथार्थ निस्किएको भान मलाईझैँ सबैलाई हुनुपर्छ
धन्यवाद
सबै नै सिक्दै छौँ ठिसजी
नमस्ते
अब यही नाम र विचार प्रिय लाग्न थाल्यो
मेरो मनको तालामा हजुरको चावी मिलेजस्तो छ माथिको विचारमा
पक्कै कटु यथार्थ निस्किएको भान मलाईझैँ सबैलाई हुनुपर्छ
धन्यवाद