जब म मेरा अतीतका पाना पल्टाउँछु
सम्झन्छु ती अमर स्मृतिलाई
सम्झन्छु तिरस्कार पनि तिम्रो मप्रतिको
यद्यपि अहिले हामीसँगै छैनौं
तैपनि चाहन्छु म तिमीलाई सधैं
माया छ तिम्रो लागि मनमा मेरो उस्तै
जब तिमी पनि मेरो बारेमा सोच्छौ
तब मेरो सम्झनाले तिम्रो आँखा पनि
निश्चल आँशुका थोपाले भरिएलान्
अन्ततः म रहनेछु तिम्रो जीवनमा
एक आँशुको थोपा जस्तो
अनन्त मायाको अवशेष बनी ।
