मर्नै परे मरिदिउँला शिर झुकाउँदैनौ हामी
वैरी सामु भाको बल वर्कत् लुकाउँदैनौ हामी
चिप्लो चाप्लो जान्या छैन बरु भोकै बसिदिउँला
आँट गर्छौ, सास भर्छौ, गाथ ढुकाउँदैनौ हामी
किने किनोस् संसार् सबै पैसामा नै बिक्दो रहेछ
आफ्नो देशको शान् ढल्ने मूल्य चुकाउँदैनौ हामी
बम बारुद,गोली गठ्ठा,धाक धम्की कति आए
जल्दो बल्द्दो रातो तातो रगत् सुकाउँदैनौ हामी
लाक्षी ठान्दै, डर त्रास ओछ्याई दियौ लतमन्न
आक्रोशको ज्वाला दन्क्यो अब रुकाउँदैनौ हामी
बिना तामाङ
