देखेपछि बोलाऊँ लाग्छ, बोल्दा गलत सोच्ने हो कि
राम्रो बोल्न जान्दिन म, कतै मुटु घोच्ने हो कि
बाहिर नौनी देखाएर, भित्र छुरा लुकाउँदिन
जे-जे देख्छु त्यही भन्छु, भन्ने कुरा चुकाउँदिन
शंका-डर दुवै मनमा, बोल्दा भाउ पो खोज्ने हो कि
राम्रो बोल्न जान्दिन म, कतै मुटु घोच्ने हो कि
बोलाए त बोल्नलाई, मनमा थियो धेरै चाह
मनको चाह मनमै रह्यो, पाएनौ तिमीले कहिल्यै थाहा
लाज पनि ला’छ मनमा, कतै माया बस्ने हो कि
राम्रो बोल्न जान्दिन म, कतै मुटु घोच्ने हो कि
देखेपछि बोलाऊँ लाग्छ, बोल्दा गलत सोच्ने हो कि
राम्रो बोल्न जान्दिन म, कतै मुटु घोच्ने हो कि
राजेश रुम्बा लामा “अतृप्त’
२०-०६-२०११