Skip to content

सधैंभरि हाँस्न सकिन्न


सधैंभरि हाँस्न सकिन्न रुनु पर्छ कहिलेकाहीं
मनको पीडा ति आँसुले धुनु पर्छ कहिलेकाहीं

दुखेको घाउ छोपी रंग उडिगा’को मुहार बोकी
झुटो बोली तामा तुलसी छुनु पर्छ कहिलेकाहीं

कसलाई मन पर्दैन जन्मी हुर्की खेलेको ठाउँ?
विवशताले रेगिस्तानमा हुनु पर्छ कहिलेकाहीं

पढी लेखी डाक्टर इन्जिनियर बन्छु भनी सोच्यो
अरब पुगी भेडा बाख्रा दु’नु पर्छ कहिलेकाहीं

अनगिन्ती सपना विपना बनाउने लोभ गर्दा
अपरिचितको भीडमा कुहुनु पर्छ कहिलेकाहीं

गीता थापा (दोषी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *