विरहमा मन मुटु जलेको छ आज
बेदनाले मुटु मेरो बलेको छ आज ।
आफ्नैहरू मुटु पोल्न उद्दत हुँदा सधै
खरानी झै कोमल मुटु डढेको छ आज ।
शान्ति छैन जताततै बुद्ध तिम्रो देशमा
अशान्ति नै लटरम्म फलेको छ आज ।
ॐ शान्ति मूल मन्त्र मणि पद्मे भन्दै
तिम्रै चेला आपसमा लडेको छ आज ।
नरोकिन्ने कस्तो दन्द्ध भाइ-भाइ बीच
अशान्तिले शान्त मुटु गलेको छ आज ।
तीर्थ “यात्री” पौडेल
