Skip to content


बनिनलाई कति कति
भत्किनलाई यत्ति!!

बैगुनीलाई भनुँ कति
जौ कि आफैँ सति !!

भन्थिन उनी सयौँ जुनी
बाचा कसम भयो !!

थुक को छिटा सुक्न नपाई
बाटो अलग भयो!!

धनको अघि मन भो पछि
व्यथा सहनै गारो !!

एक चोटी त मर्ने पर्ने
धेरै मर्न सारो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *