Skip to content


यसपाली पनि लेखिएन भने
सम्बी-धान जर्तमा जाला
यस्तै रहिरहे देश
नउस्कने त्यो गर्तमा जाला

फिर्न लागेको शान्ति चैन
फकेर त्यही कर्दमा जाला
बिगतमा भोगियो पीडाहरू
भावी पुस्ता उही दर्दमा जाला

दु:ख सुखमा खाएका हामी
भबिष्य सधैं ब्रतमा जाला
जाली फटाहालाई साँचो दिंदा
देश, बिदेशको शर्तमा जाला

नेता त कठपुतली हुन यहाँ
नेपाल अर्कै अर्थमा जाला
चोर डाँकासँग होसियार !
पुर्खाको बलिदान ब्यर्थमा जाला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *