Skip to content


फूलको आँखामा फूलै संसार
काँढाको आँखामा काँढै संसार
झुल्किन्छ है छाँया बस्तु अनुसार
काँढाको आँखामा काँढै संसार

चित्त शुद्ध होस् मेरो, बोली बुद्ध होस्
मेरो पैतालाले किरै नमरोस्
राम्रो आँखामा खुल्छ राम्रै संसार
काँढाको आँखामा काँढै संसार

टह-टह जून देखूँ, कालो रातैमा
जीवन संगीत सुनुँ म सुख पातैमा
सङ्ग्लो मनमा खुल्छ है, संग्लै संसार
काँढाको आँखामा काँढै संसार

शब्द – दुर्गालाल श्रेष्ठ
स्वर – आनी छोइङ डोल्मा
संगीत – न्ह्यू बज्राचार्य

1 thought on “फूलको आँखामा”

Leave a Reply to bhesh_54 Cancel reply

Your email address will not be published. Required fields are marked *