Skip to content

तिम्रो बास छैन


सुन्छु आजभोलि तिम्रो, कोठाभित्र बास छैन
उनै बिना तड्पिदिने, मुखभित्र गास छैन

हुन त खै सँधैभरि, जानिराख्या बानी तिम्रो
उनै आडमा हुन्छन् सुन्थें, अरू तिम्रो पास छैन

दिन गई रात आ’को, रात गई दिन भा’को
केही मेसो हुन्न सुन्थें, अभाव्को आभाष छैन

जे मागे नि त्यहीं छ रे, सहर्ष नै पाउँछौ रे
सबै पाएपछि सुन्छु, तिम्रो मन् निराश छैन

लाग्छ तिमी हिड्यौ अब, जिन्दगीको भिन्नै बाटो
तिम्रो साथ पाउँला भन्ने, अब मलाई आश छैन

म सँग त किन हिड्थ्यौ, मन जति धन छैन
अबसरवादीलाई बाढ्न, धनको त रास छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *