बाचा-कसम एउटासंग, मुटु अन्तै सांट्यौ,
वल्लो घाट न पल्लो तिरको, बनाई डाँडा काट्यौ !
भेटे जति मठ-मन्दिर, भाक्यौ देबी-देउता,
ओठे कसम मेरो सामु, मन-मन्दिरमा एउटा !
आफु सोझो केहि बुझिन, कुटिनिको चाल,
बहुरुपी रहिछ्यौ तिमी, बिछ्यायौ नि जाल !!
तिम्रो खुशी भन्दा ठूलो, केहि सोचिन अरु,
चोखो-माया खेल सम्झ्यौ, उल्टै तिमीले बरु !
तिमीले दे’का चोटहरुले, दिन्छन् तिम्रै झल्को,
सम्झि रम्छु अतितका ति, माया दुईपलको !
देव बहादुर घिसिङ्(लामा)
Qatar……….
