आफू माली उनी फूल सोच्नु गलती थियो
उनकै निम्ति मैले खुशी खोज्नु गलती थियो
आफै माथि शंका गर्नु उनकै विश्वास गरी
इमान्दारको बाटो मैले रोज्नु गलती थियो
मौका मिले घाम जून झैं रुप फेरनीसँग
उज्यालो दिन मैले चुलो ठोस्नु गलती थियो
स्वतन्त्र होस् उनी सँधै उड्ने पन्छी सम्झी
खुल्ला छाडी आफू खोरमा कोच्नु गलती थियो
राजेश रुम्बा लामा “अतृप्त”
१८-०७-२०११
