Skip to content

अँधेरो पारी खोसेर लाग्यो घाम र जून (सेलो)


ओठमा लाउने त्यो रातो लाली
कानैमा लाउने पहिलो सुन,
कुन जन्ममा खाएछु ऋण
त्यही तिर्न मैले लाएछु गुण
संसारै मेरो अँधेरो पारि
खोसेर लाग्यो घाम र जून !

हेर्दामा सानी देखिन्थें मैच्याङ
बोल्दा नि ज्ञानी झैं लाग्थ्यो
जीउ-ज्यान सानी भए पनि
मायाको खाने झैं लाग्थ्यो
केमा खोट देख्यो खै कुनी
चुसेर भागिन मेरो खुन,
संसारै मेरो अँधेरो पारि
खोसे र लाग्यो घाम र जून !

उसले चाहेको पुराकै थिएँ
सकेको मैले जुराकै थिएँ
औशीले छौंदा कुनै दिन
फुरुक्क मैले फुराकै हो
बिछ्यौना सम्म बिछ्याई मलाई
बनाई राख्यो भेंडाको उन
संसारै मेरो अँधेरो पारि
खोसेर लाग्यो घाम र जून !

संसारै मेरो अँधेरो पारी
खोसेर लाग्यो घाम र जून !
लास्सो हि हि

राजेश रुम्बा लामा “अतृप्त”
१९-०७-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *