पल्पल तड्पाएर रुवाएको पाप लाग्ला
जून हेरी वाचा कसम खुवाएको पाप लाग्ला
तिमीसँगै यो ओठको हाँसो पनि उतै गयो
लाली बनी केही क्षणलाई सुहाएको पाप लाग्ला
हाँगा पात लछारेर जानुरैछ मोडिएर
कोपिलामै फूलको डाली नुवाएको पाप लाग्ला
तिमी गयौ जिन्दगीको जून मेरो डुबी गयो
अँधेरीमा आँसु धारा चुहाएको पाप लाग्ला
(घायलको तरही मुसायरामा आधारित)

I like it
I like it
ekdam ramro lagyo malaita so
ekdam ramro lagyo malaita so keep it up and hope in future extra ordinary than it
great
गजल राम्रो लाग्यो। यसैगरी प्रकाशन गर्दै जानु होला।
ramro
kipe it up