नगद लग्यो
दिदै दिएन
उधारो नदिंदा
लिदै लिएन ।
घर बहाल दियो
भाडै दिएन
दिइहाल्यो भने
चाँडै दिएन ।
ब्याजमा भनी लग्यो
सावा नै दिएन
पङ्खा ल्यायो उठाई
हावा नै दिएन ।
खासाको मालमा
खास केही भएन
आज कि भोलि
आस केही रहेन।
गुरुले पढाउदा
चास केही भएन
पारीक्षाफल आउँदा
पास कोही भएन ।
महङ्गीले च्याप्दा
ऐया कोही गरेन
सरकारलाई बिरोध
झेल्नु नि परेन ।
रक्सीभन्दा
महङ्गियो जुस
सरकार धन्यवाद
दिल भयो खुस।
कमाइ छ दश
खर्च छ बीस
भ्रष्टचार गर्दा
अरुलाई केको रिस ?
