Skip to content

माया तिमीले छोडेपछि नसोध मलाई


माया तिमीले छोडेपछि नसोध मलाई
बाचा कसम तोडेपछि नसोध मलाई

म त त्यहीँ छु जस्ताको त्यस्तै छु
अर्को जिन्दगी ओढेपछि नसोध मलाई

मनको बिरुवा उखेलेर बास्ना सबै लगी
अन्तै रोपी गोडेपछि नसोध मलाई

हाल के बताऊँ, “के भो?” भन्छन् सबैले
मुटुमा घाउ जोडेपछि नसोध मलाई

पालै पालो फुकेका भविष्यका बेलुनहरू
नसजाईकनै फोडेपछि नसोध मलाई

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

2 thoughts on “माया तिमीले छोडेपछि नसोध मलाई”

  1. Karki jee,
    Bideshi bhumi

    Karki jee,
    Bideshi bhumi rahera pani Nepali sahitya lai maya garne fursat nikalnu vayako ma dhanyabad. aagami dinma pani yastai gajal padhna paune aasa rakhda6u.

Leave a Reply

Your email address will not be published. Required fields are marked *