लुक्नु बरु कतै तिमी देखे सबले चाह गर्ला
बाहिरी मुस्कान नदेऊ बिन्ती सुनगाभाले डाह गर्ला
तिमीले हाँस्दा फूल झैँ देखिन्छ्यौ हेर्दा जून झैं लाग्छ
सर्माएर बात गर्दा अकबरी सुन झैं लाग्छ
बेली चमेली केही होइन तिम्रो रुपको सामु
हर-पल लाग्छ मलाई संगै राखी छामूँ
तिम्रो रुप रंग देख्दा मलाई समेत डाह लाग्छ
भुल्छु सारा संसार प्रिय सिर्फ तिम्रो चाह लाग्छ
बस, सिर्फ तिम्रो चाह लाग्छ
राजेश रुम्बा लामा “अतृप्त’
२४-०७-२०११
