Skip to content

टोकियोमा १९८ औं भानु जयन्ती सम्पन्न, मझेरीका संचालकलाई सम्मान

20110725_SandeshPokhrel_News_02


२४ जुलाई, २०११, टोकियो, जापान ।
सन्देश पोखरेल

नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको १ सय ९८औं जन्मजयन्ती जापानको टोक्योमा आइतबार भानु जयन्ती बिशेष कार्यक्रमको आयोजना गरी मनाइयो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान तथा नेपाल विद्यार्थी समाज जापान (नेसाज)को संयुक्त आयोजनामा भएको कार्यक्रममा टोक्यो तथा आसपासका क्षेत्रमा रहेका नेपाली स्रष्टाहरूद्वारा भानुको सम्झनामा रचना वाचन गरिएको थियो ।

नेपाल जापान साँस्कृति प्रतिष्ठानको हलमा आयोजना गरिएको कार्यक्रममा अतिथिहरूले आचार्यको तस्विरमा मल्यार्पण गरेका थिए । राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा बिभिन्न सष्टाहरूले आफ्ना रचना वाचन गर्दा माहौल रोमाञ्चक बनेको थियो ।

अनेसास जापानका महासचिव पुष्करजंग थापाको सभापतित्व तथा नेपाली राजदूतावासका उप-नियोग प्रमुख तथा साहित्यकार दुबसु क्षेत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा जापानमा बसिरहेका नेपालीहरूको उल्लेख्य रुपमा सहभागिता रहेको थियो । अनेसास जापानका पूर्व अध्यक्ष बेलु थापा, एनआरएन जापानका प्रवक्ता डा.राजेन्द्र पराजुली लगायतका ब्यक्तित्वहरू अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाज (आइएनसीजे)का महासचिव अर्जुन अधिकारी, गुल्मेली समाजका अध्यक्ष सालिकराम भण्डारी, एनआरएन कान्तोका संयोजक जोन छन्त्याल, नेपाल पत्रकार महासंघ जापान सम्पर्क समितिका उपाध्यक्ष कृष्ण भण्डारी, लोकतान्त्रिक मञ्च जापानका सचिव कृष्ण खड्का, एनआरएन जापानका अध्यक्ष पदका उम्मेदवारहरू ओम गुरुङ र मेघराज नेपाल, नेपाली जनसम्पर्क समितिका प्रवक्ता राजेन्द्र जमरकट्टेल, माया नेपाल सांस्कृतिक प्रतिष्ठानकी युको ओकामोतो मल्ल लगायतका ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आलोक चालिसेले भानुभक्तका बिषयमा कविता वाचन गर्नुभएको थियो भने कृष्णबिकाश सुवेदी र चिरञ्जीवी थापाले गजल वाचन गर्नुभएको थियो । यसैगरी धीरण कँडेल, राजेन्द्र जमरकट्टेल, बाबुराम भण्डारी, अर्जुन अधिकारी, रामकृष्ण बम मल्ल, देवीलाल भण्डारी, कुमार सिंखडा, कृष्ण सुबेदी, कृष्ण भण्डारी, शशि बिक लगायतले आ-आफ्ना कविता वाचन गर्नुभएको थियो भने चण्डी सुवेदीले हाइकु वाचन गर्नुभएको थियो । त्यसै गरी गायत्री पौडेलले भानुभक्तको योगदानबारे समीक्षा गर्नुभएको थियो भने श्रवण सत्यालले क्यारिकेचर गर्नुभएको थियो । यस्तै शालिकराम भण्डारीको व्यङ्ग्यले हललाई रमाइलो बनाएको थियो ।

पुष्कर थापाले नेपाली उखान टुक्कालाई जापानीमा उल्था गरी वाचन गर्दा बेग्लै खाले रमाइलो छाएको थियो । नेपाली राजदुतावासका उप-नियोग प्रमुख तथा साहित्यकार दुबसु क्षेत्रीले पनि आफ्नो कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यलाई समयानुकुल सुहाउँदो बनाई बेवमार्फत साहित्यको संरक्षणमा लागिरहनुभएका जापानबाट संचालित साहित्यिक वेब-पत्रिका मझेरीका संचालक एवम् साहित्यकार कुमार सिंखडालाई सम्मान गरिएको थियो । वहाँलाई प्रमुख अतिथि दुबसु क्षेत्री तथा कार्यक्रमका सभापति पुष्कर जंग थापाले पुष्पगुच्छा तथा खादा ओढाई सम्मान गर्नु भएको हो ।

कार्यक्रमको अन्त्यमा, अनेसासका महासचिव तथा कार्यक्रमका सभापति पुष्करजंग थापाले कार्यक्रममा उपस्थित हुने तथा रचना वाचन गर्नुहुने सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन गर्नुभएको थियो ।

शशी बिकले संचालन गर्नुभएको कार्यक्रममा उपस्थित सबैलाई नेसाजका सह-सचिव कुमार डल्लाकोटीले स्वागत गर्नुभएको थियो ।

3 thoughts on “टोकियोमा १९८ औं भानु जयन्ती सम्पन्न, मझेरीका संचालकलाई सम्मान”

  1. धन्यवाद छ!
    सन्देशजी, समाचारको लागि धन्यवाद छ! अनेसास जापानलाई कार्यक्रम सम्पन्न गरेकोमा बधाइ !

    मझेरीलाई उच्च मूल्याङ्कन गरी सम्मान गरिदिनुभएकोमा धन्यवाद ! यो सम्मान मझेरीका सबै लेखक/पाठक/प्रशंसकहरूले गर्दा सम्भव भएको हो; साँचो मानेमा यो तपाईंहरूकै सम्मान हो ।

    कार्यक्रममा पाल्नुहुने सबै मित्रहरू, आयोजक साथीहरू अनि प्रमूख अतिथि वरिष्ठ साहित्यकार दुबसु क्षेत्रीलाई धन्यवाद !

  2. मझेरीका संचालक तथा प्रिय
    मझेरीका संचालक तथा प्रिय स्रष्टा कुमारको सम्मानले हृदयलाई गौरवान्वित र विभोर बनायो/ कुमारजी र सम्पूर्ण पाठक तथा स्रष्टाहरुप्रति बधाई ज्ञापन गर्दै मझेरीको निरन्तर सफलताको शुभकामना अर्पण गर्दछु/
    शरण आँसु

  3. खुशी लाग्यो
    मझेरीका संचालकज्यूको सम्मान पढ्न पाउदा धेरै खुशी लाग्यो ॥ कुमारजीलाइ हार्दिक बधाइ ॥

    सुशील सुब्बा

Leave a Reply

Your email address will not be published. Required fields are marked *