फूलको शोभा फूलबारीमा,
विद्यार्थीको पाठशालामा ।
ज्ञानको दिव्य ज्योति छर्ने,
विद्यार्थी नै संसारमा ।
ठूलो मान्छे मात्र होइन,
असल मान्छे बन्नुपर्छ ।
ज्ञानको दीप बाली तिम्ले,
अन्धकारलाई चिर्नुपर्छ ।
पूर्व जाउ वा उत्तर पश्चिम,
हिमाल, पहाड, तराई मधेस ।
जहाँ भए पनि तिमीले
बनाउनुपर्छ यो दिव्य देश ।
मुना २०६७ चैत
