यौटै बाटो यौटै पाइला, जूनको संसार जाउँला
हरेक पाइला साथ देऊ प्रिय, तिम्रै राजा हुँला
बनाउला नि सुन्दर महल, जूनकै वरिपरि
चियाएर हेरौंला नि धर्तीलाई घरि-घरि
औंसी लाग्दा जून लुक्दा, हामी दुइ चाहीं छाउला
हरेक पाइला साथ देऊ प्रिय, तिम्रै राजा हुँला
यौटै बाटो यौटै पाइला……….
हाम्रो प्रेममा डाहा गर्ने, हुने छैनन कोही त्यहाँ
मग-मगाउदा हाम्रो बाग, छुने छैनन कोही त्यहाँ
जून हाँस्दा तारा नाच्दा, हामी दुइ चाहीं गाउला
हरेक पाइला साथ देऊ प्रिय, तिम्रै राजा हुँला
यौटै बाटो यौटै पाइला, जूनको संसार जाउला
हरेक पाइला साथ देऊ प्रिय, तिम्रै राजा हुँला
हरेक पाइला साथ देऊ प्रिय, तिम्रै राजा हुँला
राजेश रुम्बा लामा “अतृप्त”
२८-०७-२०११
हुन त यो सुन्दर तस्बिरलाई मैले अन्याय गरेको जस्तो आभाष हुँदैछ, तथापि आजकल किन किन कुनै नौलो र सुन्दर तस्बिर अथवा कुनै नौलो नौलो बस्तु देख्यो कि शब्दमा उन्न मन लाग्न थालेको छ । त्यसैले जसो तसो शब्दमा उनेर हजुरहरू सामु उपस्थिति जनाएँ है! कृपया ठाडो आदेश दिनुस कहाँ के गर्नु पर्ने हो मैले?
हजुरहरूको हरपल सुखमय रहोस धन्यबाद !!