Skip to content

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०११, जुलाई)

  • by
20110803_AcharyaPrabha_News_01


आचार्य प्रभा/ डेन्भर
जुलाई ३१/

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्यापटरद्वारा संचालित मासिक कवि गोष्ठी कार्यक्रम यो पटक कवि तथा बरिष्ठ साहित्यकार शैलेन्द्र साकार र वहाँका सुपुत्र अनुरक्त श्रेष्ठको आतिथ्यमा सफलतापूर्वक वहाँहरूकै निवास फोर्थ कोलिनमा सम्पन्न भयो ।

उक्त गोष्टीमा सदा झैं कवि तथा साहित्यनुरागीहरूको उपस्थिति थियो । आ-आफ्ना रचनाहरू बाचन गर्नेहरूमा मनु ब्राजाकी, शैलेन्द्र साकार, ज्ञानेन्द्र गदाल, भुपेन्द्र महत, निर्मल प्याकुरेल, कपिल सुबेदी, पदम विश्वकर्मा, केशब आचार्य, आचार्य प्रभा, नुरेश्वर अधिकारी, भगवती लामिछाने, अनुरक्त श्रेष्ठ हुनुहुन्थ्यो । आगन्तुक कवितामा कवयित्री चन्द्रकला नेवारको कविता कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माले बाचन गर्नु भएको थियो ।

कविगोष्टीको अर्को आकर्षणमा यस पटक भने कलाकार अनुरक्त श्रेष्ठले गीत गाएर सबैलाई गीत/संगीतको भावमा पनि डुबाएका थिए ।

यसरी नियमित हुने कवि गोष्टीमा हरेक समय नयाँ नयाँ कविहरूको उपस्थिति हुने गर्दछ । रचना श्रवण गर्नुहुनेहरूमा रमादेवी अधिकारी, दिपक बस्नेत, नीति आचार्य, प्रीति आचार्य, सुलोचना लामिछाने र अन्य महानुभावहरू पनि हुनुहुन्थ्यो ।

कोलोराडोका हरेक बासिन्दाहरूले कोलोराडो च्याप्टर र यो साहित्य सँगमलाई माया र सद्भाव गरेर कवि गोष्टी कार्यक्रम प्रायोजन गर्दै आई रहेकोले कोलोराडो च्याप्टर सदा प्रार्थनीय बनेको छ । यो पटकको कार्यक्रमलाई पनि प्रायोजन गरेर सफल पार्न मद्दत गर्नुहुने बरिष्ठ कवि शैलेन्द्र साकार र वहाँका सम्पूर्ण परिवारप्रति कोलोराडो साहित्य सँगम आभार प्रकट गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *